सत्ता समीकरणका लागि कांग्रेसले बनायो कार्यदल 

बिहीबार, फागुन २७, २०७७

रुपन्देही । लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा वीरबहादुर राना र रमा अर्याल सदस्य रहनुभएको छ । फागुन २३ गते आएको नेकपासम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार