इजरायली प्रधानमन्त्री  यूएई जाँदै 

बिहीबार, फागुन २७, २०७७

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँ पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई)को औपचारिक भ्रमणमा  जाने भएका छन् ।  दुई देशका बीचमा आपसी सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमति भएकाले बिहीबार देखि उनले यूएईको भ्रमण गर्न लागेका हुन् ।  नेतान्याहुका एक जना उच्च सरकारी अधिकारीले उनको भ्रमण निश्चित भएको जानकारी दिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।   नेतान्याहुले यूएईसँगै बहराइनको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भए पनि कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि इजरायलमा लकडाउन कायमै रहेको र विमान सेवासमेत बन्द भएकाले त्यतिबेलाको भ्रमण स्थगित गरेका थिए । ‘यूएईका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकार गर्दै भ्रमणमा जान लाग्नु भएको हो, भ्रमण दुई देशबीचको सम्बन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि गरिएको छ’, नेतान्याहुको कार्यालयका उच्च अधिकारीले भनेका छन् ।  सन् २००९ देखि लगातार इजरायली राजनीतिको केन्द्रमा रहेका नेतान्याहुको भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा उनले यूएईका नेता शेख मोहम्मद बिन जायद अल नाह्यानलाई अबुधाबी विमानस्थलमा भेट्ने छन् । उनले जेरुसेलममा फर्केपछि हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।– एएफपी
 

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार