किभ नजिकैको गाउँमा दर्जनौँ शव फेला

आइतबार, चैत २७, २०७८
Global Ime Bank

किभ, २७ चैत : राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् ।

बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास डिडिचले पेट्रोल स्टेशन नजिकैको खाडलमा शवहरू फेला परेको बताए । मृतकको संख्या पुष्टि हुन बाँकी छ ।

‘हामी सामान्य जीवनमा फर्किरहेका छौं । तर रुसी सेनाले ओगट्ने क्रममा यो स्थान आक्रमणको हटस्पट बनेको थियो । धैरै सर्वसाधारण मारिएका थिए’, डिडिचले भने ।-एजेन्सी 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार