सोसल मिडिया
Contact Us
युनिकोड
न्युयोर्क, २६ चैत । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरू दुईजना घाइतेसमेत भएको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालयबाहिर स्थानीय समयअनुसार राति १.४५ मा घटना भएको हो । घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो । त्यसैगरी अरू दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।– रासस/एएनआई