गभर्नर निलम्बन कटवाल प्रकरणपछि अर्को गम्भीर भुल : एमाले महासचिव

शनिबार, चैत २६, २०७८

काठमाडौं, २६ चैत .। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटवाल प्रकरणसँग जोडेका छन् ।

तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारवाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् । 

‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्वन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’ गभर्नर अधिकारीलाई बिहीबारको मन्त्रीपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले सनिवारमात्रै सार्वजनिक गरेको हो । 


 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार