सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरेकी हुन् । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ उनी माओवादीको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका हुन् ।