रुस संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित, मतदानमा नेपाल अनुपस्थित

शुक्रबार, चैत २५, २०७८
Global Ime Bank

काठमाडौं, २४ चैत । रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ । संयुक्त राष्ट्र स‌ंघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा  ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए । भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए । नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो । चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार