गैर सांसद गोविन्द बन्दी कानुनी मन्त्री, २ बजे शपथ 

बिहीबार, चैत २४, २०७८

काठमाडौं, २४ चैत । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कानुनिवद् बन्दीलाई कानुनमन्त्रीमा नियुक्ती गर्न सिपफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई कानुनमन्त्री नियुक्त गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा गोविन्द प्रसाद शर्मा (कोइराला) लाई मन्त्री पदमा नियुक्त गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी ताेकेकी छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएकाे छ । 

मन्त्री बन्दीले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण हुनेछ । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार