राप्रपा सदस्यबाट कमल थापाका छोरा अभिषेकले दिए राजीनामा 

बुधबार, चैत २३, २०७८

काठमाडौं, २३ चैत । राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा हुन् । अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् । गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार