चुनावी सभालाई सम्बोधन गर्न ओली पर्सा जाने

मंगलबार, चैत २२, २०७८

काठमाडौं, २२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान ११ बजे पर्सा जाने भएका हुन् । अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न त्यहाँका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनेछन् । निर्वाचनमा गठबन्धनबिना एक्लै पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने र पहिलो पार्टी हुने ओलीले दाबी गर्दै आएका छन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत पार्टीसँग निर्वाचनमा तालमेल गर्नेगरी अनौपचारिक रूपमा छलफल भने बढाएका छन् ।  
 
 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार