सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतमा संसद्को बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुवै सदनको गतिविधि अवरूद्ध बनेको छ । तेलको मूल्य वृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि लोकसभा तथा राज्यसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । दिउँसो १२ बजे लोकसभाको पूर्व निर्धारित कारबाही सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेका थिए । काँग्रेसका केही सांसदहरूले तेलको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन् । त्यही दिन काँग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाएका थिए । उनले विक्षपीको कुरा लोकसभाको टेलिभिजनमा नआएको भन्दै आश्चर्य व्यक्त गरे । यता, लोकसभाका अध्यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हङ्गामा देखाउन खोजेको हो भनी प्रतिप्रश्न गरेका छन् । तर जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनु पर्ने जिकिर गरेका छन् । राज्यको विधानसभा चुनावका कारण संसद्को सत्रलाई छोट्याउन सक्ने भारतीय सञ्चार माध्यमले बताएका छन् ।–पीटीआई चिनियाँ बजार विस्तार विश्वका लागि अवसर ः विदेशमन्त्री वाङ बेइजिङ । सरकारी कार्यहरूको समीक्षा प्रतिवेदनमा स्वदेशी आवश्यकता विस्तार गर्ने रणनीतिलाई चीनले फेरि एक पटक महत्व दिएको छ । चिनियाँ विदेशमन्त्रीले वाङ यीले सञ्चारकर्मीहरूसँग चीनको आर्थिक विकास र अन्तर्रष्ट्रिय बजार विस्तारका कारण विश्वलाई विकासको नयाँ अवसर मिल्ने भनाइ राखेका छन् । नयाँ विकास बनौटमा चीनले उत्पादन, वितरण, परिसंचरण, उपभोग परिसंचरण हुनसक्ने गार्हस्थ्य अर्थतन्त्रको निर्माण गर्ने योजना गरेको उनले बताए । यसले अन्तर्राष्ट्रिय लगानी र व्यापारका लागि सुविधा उपलब्ध गराउने र उद्योग–व्यवसायको लागत घटाउने उनको दाबी छ । चीनको शक्तिशाली स्वदेशी बजारको निर्माण र खुलापनको विस्तारबीच एकअर्कालाई बढाएको र विगत ४० वर्षमा चीनले सुधार तथा खुलापनबाट फाइदा प्राप्त गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले चीनको प्रशंसा गर्दै आएको छ । चिनियाँ अधिकारीहरूले चीन सरकार र विकास परियोजनामा सधैँ सुधारको अनुकूलता रहेको दाबी गर्दै आएका छन् ।–सिन्ह्वा