डुङ्गा दुर्घटनामा ट्यूनिसियामा १४ आप्रवासीको मृत्यु, १३९ को उद्धार 

बुधबार, फागुन २६, २०७७

ट्युनिस । ट्यूनिसियाको सामुद्रिक क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा १४ आप्रवासीको मृत्यु भएको ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डले बताएको छ । अत्यधिक भार बोकेका कारण समुद्रमा डुङ्गाले सन्तुलन गुमाई डुबेका कारण कम्तीमा १४ जनाको मृत्यु भएको र १३९ जना घाइते भएका र ती सबै आप्रवासी भएको ट्यूनिसियाली सुरक्षा अधिकारीले पुष्टि गरे । गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा युरोप छिर्न हिँडेका अफ्रिकी आप्रवासी शरणार्थीहरू रहेका थिए । सुरक्षा निकायले घाइतेहको उद्धार गर्न तत्काल सामुद्रिक तटमा खटी देखाएको मानवीय सहयोगका कारण धेरै व्यक्तिहरूको ज्यान जोगाउन सफल भएको उनले बताए ।–एएफपी
 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार