‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन ओलीको आग्रह

आइतबार, चैत २०, २०७८

काठमाडौँ, २० चैत  । नेकपा  एमालेका अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गरेका  छन् ।  एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रको समृद्धि र राष्ट्रिय हित चिताउने तथा  जनताको सेवाका लागि समर्पित हुन आह्वान गरे  ।

     पूर्व प्रधानमन्त्री ओलीले राजनीतिलाई आर्थिक नाफाको विषय बनाउने र व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरूले देश बनाउन नसक्ने दाबी गर्दै एमाले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गराउने अभियानमा आफ्नो पार्टी प्रतिबद्ध रहने बताए  । अध्यक्ष ओलीले आशन्न स्थानीय तहको निर्वाचनका लागि सक्रियतापूर्वक लागेर एमालेका उम्मेदवारलाई विजयी बनाउन बुद्धिजीवीहरूलाई आग्रह गरेका  थिए  ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार