पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

आइतबार, चैत २०, २०७८
Global Ime Bank

इस्लामाबाद, २० चैत : पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए ।

एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए । 
प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका थियो ।

यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएको बताएका छन् ।- एजेन्सी 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार