बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या

शनिबार, चैत १९, २०७८

खोटाङ, १९ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकाका केही वडामा हप्ता दिनअघिदेखि टेलिफोनमा समस्या आएको छ । 

जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा हप्तादिनदेखि एनटिसी फोनमा समस्या आएको हो । एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन लाग्न छाडेको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । 

एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाइ हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार