आवश्यकताका आधारमा निर्वाचनमा गठबन्धन  वरिष्ठ : नेता पौडेल

शनिबार, चैत १९, २०७८

दमौली, १९ चैत  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका  छन्  । नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैशाख ३० गते हुने निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने जिकिर गरे  । वरिष्ठ नेता पौडेलले निर्वाचनमा कांग्रेसका सबै उम्मेदवारले विजयी हासिल गर्नुपर्नेमा जोड दिँदै कांग्रेसबीच एकता र सहकार्य आवश्यक रहेको बताए  । 

    कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले देवघाटका सबै वडामा कांग्रेसका उम्मेदवारले जित्नुपर्ने बताए  । उनले भने , “सबै वडामा कांग्रेसले जित्नुपर्छ, टिकटमा दाबी सबैको हुन्छ, टिकट एउटाले पाएपछि सबै एकढिक्का हुनुपर्छ ।” कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, जिल्ला सभापति जितप्रकाश आले लगायतले सम्बोधन गरेका  थिए  ।
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  २०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार