पाकिस्तानी प्रधानमन्त्री इमरान खानकाे ज्यान जोखिममा !

शनिबार, चैत १९, २०७८
Global Ime Bank

इस्लामाबाद, १९ चैत : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । 

आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले  देशको शक्तिशाली सेनाले आफूलाई  तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधी निर्वाचन र  प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । 

आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे । ‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई  जानकारी गराउन चाहन्छु । विपक्षीले  मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने ।-  एजेन्सी

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार