सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । बिहान साढे १० बजे जाने भएका हुन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् ।
निर्वाचनको संघारमा ओली देश दौडाहामा छन् । उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर आएका हुन् ।
भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन् ।
दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन् । पार्टी प्रवेश गर्नेहरूमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ ।
जिम्मेवारी प्राप्तपछि स्थानीय तह निर्वाचन अभियानमा खटाइने भएको छ ।