ओली-धवलशमशेर भेटमा निर्वाचन पाँच दललाई चुनौती दिनेबारे छलफल

शुक्रबार, चैत १८, २०७८

नेपालगन्ज, १८ चैत । सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ । स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशमशेर राणाबीच भेटवार्ता भएको छ । 

भेटवार्तापछि डा. राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । ‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले न्युज कारखानासँग भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’ भेटवार्ता सकारात्मक भएको पनि उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार