सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा, १७ चैत : राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् ।
आज गृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरैनै माया गरेको बताए ।
‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरु । तपाईहरुले तपाईहरुले मलाई धेरै माया गर्नु भएको छ । मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घटमा तपाईहरुले मलाई अपार स्नेह माया र स्दभाव दिनुभएको छ' अध्यक्ष थापाले भने, 'चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरुको माया मैले जीवनभर बिर्सिन सक्दिन ।’
उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए ।
उनले आफु ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया रहेको बताए ।
'कमल थापालाई राजीतिक रुपमा प्रहार गरेर घाईते बनाईएको छ । यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन,हामीले अलिकति भएपनि मलम लगाईदिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईहरु आउनुभएको छ । तपाईहरु सबैलाई फेरि पनि धन्यावाद दिन चाहान्छु ’ उनले भने ।
उनले मकवानपुरको दाजुभाइ दिदिबहिनिहरुको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको बताए ।
अध्यक्ष थापाले आफूले गिताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए । उनले आफूले गिताको कसम खाएर कसम नतोडेको दाबी गरे ।
उनले राजेन्द्र लिङ्देनको राप्रपाबाट आफूमात्र अलगिएको बताए । 'केही साथीहरुलाई कमल थापाले पार्टी फुटाउनु भो, नफुटाईदिएको भए बेस हुन्थो भन्ने लागेको रहेछ । कतिपयलाई सायद त्यो पनि लागेको होला । विगतमा पार्टी फुटाउदिन भनेर गिता छोयर कसम खानु भाथो । अहिले पार्टी फुटाईदिनु भो । गिताको कसम तोड्नु भयो । भन्ने पनि मनमा लागिरहेको मैले पाएँ' उनले भने, ' मैले पार्टी फुटाएको छैन् । करिब एक डेड महिना अगाडी यही सभा कक्षमा आएर मैले आफ्नो पिडा,दुःख तपाईहरु समक्ष व्यक्त गरे । र तपाईहरु सामुन्यमा मैले ३० वर्ष काम गरेको राप्रपाबाट एक्लै एक्लै याद राख्नुस् एक्लै अलग भएको घोषणा गरे । मैले कोहि साथि लिएर पार्टीबाट अलग भएको हैन् । मैले चाएको भए विधान बमोजिम राप्रपालाई विभाजन गर्नको निमित्त आवश्यक पर्ने संख्याका केन्द्र्रीय सस्दस्यहरु हाम्रो साथमा थिए । गएको महाधिवेशनमा ८० प्रतिशत हामीसंग सम्बन्धीत केन्द्रीय सदस्यहरुले चुनाव जितेका छन् । हामीले चायको भए कानून बमोजिमनै दुई वटा पार्टीलाई अलग गर्न सक्थ्यौं । केही साथीहरुले मलाई सल्लाहा पनि दिएका थिए । मैले पार्टी फुटाउन सक्दिन, मिल्दैन् भनें। मैले गिताको कसम खाएको छु,त्यो कसम म तोड्न सक्दिन ।'
उनले गितामा भगवान कृष्णले अर्जुनलाई अन्याय संग सम्झौता नगर,गलन प्रवृतिसंग सम्झौता नगर,युद्ध गर,धनुष वाण उठाउ,म तिम्रो साथमा छु भनेको पटकपटक स्मरण गर्दै त्यसको पालना गर्दै राप्रपाबाट अलग भएको बताए । उनले पार्टीको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहले ठाडो नाङ्गो हस्तक्षेप गरेको र पार्टीलाई त्यसबारे छानबिन गर्न पटक-पटक निवेदन गर्दा पनि सुनवाई नभएपछि आफु राप्रपाबाट अलग हुनुपरेको दुखेसो पोखे ।
उनले महाधिवेशनमा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले लोकतन्त्र माथिनै खतराको संकेत देखिएको भन्दै अबको राप्रपा नेपालले राजतन्त्र पुनः स्थापनाको मुद्दा नबाक्ने बताए । उनले अबको राप्रपा नेपालले सबै धर्मलाई समेट्दै हिन्दु राष्ट्र पुनः स्थापनाको लागि अभियान सुरु गर्ने बताए ।
ठूला दलबाट देशबन्छ भन्नु साढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो : राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दलबाट देशबन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरेका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो,’
उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भएमा देश बन्छ भनेर प्रश्न समेत गरे । ‘अब तिनै पार्टी, तिनै नेताबाट देश बन्छ भनेर तिनैलाई हाम्रो बाजेको पार्टी बाउको पार्टी मैले यति लेबि तिरेको भनेर उनैलाई भोट दिइराख्नु भनेको र यिनै पार्टीबाट देश बन्छ भनेर अपेक्षा राख्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो’, उनले अगाडी थप्दै भने, ‘जबसम्म तिनै पार्टीलाई भोट हाल्नुहुन्छ तबसम्म देशले परिवर्तन र विकास प्राप्त गर्दैन ।’
उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए ।
शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङदेनले बताए । नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाई छ । अगाडी थप्दै भने, ‘कुनै बेला हामीले युक्रेनको नियति व्यहोर्नपर्ने अवस्था आउने खतरा हाम्रो सामु देखिएको छ । उनीहरूको आलोकाँचो व्यवहारले हुने क्षति ठूला पार्टीले मात्र व्यहोर्नुपर्दैन । सिँगो देश र जनताले त्यसको क्षति व्यहोर्नुपर्नेछ ।’