सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १७ चैत । सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्र्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।
बैठकमा चुनावी तालमेलका लागि स्थानीयस्तरमा सत्ता साझेदार दलहरु सम्मिलित संयन्त्र बनाउनेसमेत सहमति भएको छ । नेपाली कांग्रेसको यही चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरुप सत्ता गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको थियो । शीर्ष नेताबीच सत्ता साझेदार दलको अर्को बैठक यही चैत २१ गते बस्ने सहमति भएको छ ।