सोसल मिडिया
Contact Us
युनिकोड
किभ, १७ चैत : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।
सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ । यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ ।
युक्रनेसँगको शान्ति वार्तामा धेरै आशा गर्न सकिँदैन : रुस
रूसले युक्रेनसँगको शान्ति वार्तामा धेरै आशा गर्न नसकिने जनाएको छ । रूसका प्रवक्ता दमित्री पेस्कोवले रूसल कुराकानीले वार्तामा आशा गर्ने कुनै कुरा नदेखेको बताएका छन् । उनले केही प्रगति भए यसबारे जानकारी दिने उल्लेख गरे ।
यसबीच रूसी सैनिक लुहान्स्कको उत्तर पूर्वी क्षेत्रमा भीषण बमबारी गरिरहेको छ। रूसी सैनिकले उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेको छ । तर दोनेत्स्कको क्षेत्रमा अहिले पनि रुसको पकड बलियो हुन सकेको छैन ।
अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टामा स्थानीय शहरमा तोपको ३५ हमला भएको छ । राजधानी कीएवमा तोपको आवाज आज विहानदेखि लगातार सुनिएको बीबीसीले समाचारमा जनाएको छ ।- एजेन्सी