आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल : रामचन्द्र पौडेल

मंगलबार, चैत १५, २०७८

काठमाडौं, १५ चैत : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेले बैठकले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको बताए । 

केन्द्रीय समिति बैठकमा निर्वाचनमा तालमेल गर्ने विषयमै छलफल केन्द्रित भएको उनले बताए । पौडेलले स्थानीय आवश्यकता अनुसार स्थानीय स्तरबाट तालमेल हुने बताए । पौडेल वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजानु पर्ने पक्षमा थिए । 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार