सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्केर रणनीति बनाउने निर्णय गरेको छ । कोटेश्वरको पेरिसडाँडामा सोमबार बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने गरी फर्केने निर्णय गरेको हुन् । सर्वाेच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्र्वाेच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार दाहाल–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो । नेकपा दाहाल–नेपाल समूहले सर्वाेच्च अदालतको फैसला मानेर अलग अलग जाने निर्णय गरेका हुन् । बैठकबाट बाहिरिएका खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने निर्णय भएको जानकारी दिए । ‘सर्वाेच्च अदालतले जुन फैसला ग¥यो यो राजनीतिक फैसला हो । यसले मुलुकको राजनीतिकमा गम्भीर नकारात्मक स्थिति सिर्जना गरेको छ । तर पनि अदालतले गरेको निर्णयलाई लागू गर्छाै’, नेता खनालले भने, ‘अब एमाले र माओवादी केन्द्र भइयो । त्यहीं संघर्ष गर्छाैं ।’ अनौपचारिक बैठकमा सहभागी नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको थिए ।