निर्वाचनमा एक्लै जान पनि तयार छौं : प्रचण्ड

सोमबार, चैत १४, २०७८

दाङ, १४ चैत : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने  हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।

रोल्पाले ध्वंशमा मात्र होइन, निर्माण पनि गर्न सक्छ : प्रचण्ड

Avatar

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा ध्वंशमात्र होइनन निर्माण गर्न सक्ने बताएका छन् । 

 रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताए । 

Avatar

उनले रोल्पा अशान्ति र ध्वंशमात्र होइन विकास निर्माण पनि गर्न सक्ने बताए । ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ ।’ 

रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ । 

Avatar

Avatar

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार