'उपाय नभएर पछि लागेका'लाई कांग्रेसले समेत हेप्यो : एमाले सचिव रायमाझी 

सोमबार, चैत १४, २०७८

कपिलवस्तु, १४ चैत : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेकाे बताएका छन् । कपिलवस्तुमा साेमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेकाे दावी गरे ।  

सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्लाएक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताए । उनले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको  आरोप पनि लगाए ।  

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताए । उनीहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागे । तर, अहिले कांग्रेसले समेत हेपेको दाबी गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गर्न पनि बाँकी राखेनन् । नेपालका शीर्ष नेता भारतसँग झुक्छन् तर केपी ओली भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता भएको उनकाे दावी छ । ओली नेतृत्वको सरकारले भारतले मिचेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गरेको बताए । 

चुनाव सम्झेपछि गठबन्धनको सातो जान्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले साेमबार आयोजना गरेकाे प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेकाे दावी पनि गरे ।

Avatar

नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेकाे हाे । 'त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनि खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ ।' उनले भने ।

उनले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार अत्तेको बताए । 

Avatar

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार