छाङ्गरुमा टेलिफोन सेवा अवरुद्व 

सोमबार, चैत १४, २०७८

 दार्चुला, १४ चैत  । व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्व भएको हो ।

    गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ । हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताउ  । “नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन”, गुरुङले भने , “हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिएला, सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालन गरिएको छ ।”

    सशस्त्र प्रहरीले पनि महिनौँ दिन सञ्चारविहीन हुनुपरेको थियो । अहिले कार्यालय प्रमुख गुरुङले आफैँ छाङ्गरु पुुगेर सशस्त्र प्रहरीको फोन लाइन सञ्चालन गरिएको जानकारी दिए   । 
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार