अफगानिस्तानमा किशोरी र महिलाको प्रदर्शन

आइतबार, चैत १३, २०७८
Global Ime Bank

किभ, १३ चैत । तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् । सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन् । 

आफूहरुले पढ्न पाउने खबरले खुसी बनेका हजारौँ केटीहरू बुधवार शैक्षिक संस्था पुगेका थिए । शिक्षा मन्त्रालयले सबै उमेरका केटीहरुलाई विद्यालय जान पाउने मिति तोकेपछि उनीहरु विद्यालय गएका थिए । तर, उनीहरु विद्यालय पुगेको केही घन्टापछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको जनाएको थियो । तालिबान पुनः सत्तामा आएपछि महिलाका हक अधिकार कटौती हुन सक्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छ । तालिबान १५ अगस्टदेखि अफगानिस्तानको सत्तामा छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार