एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : एमाले अध्यक्ष ओली

शनिबार, चैत १२, २०७८

काठमाडौं, १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् । 

प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए । 
‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भने । 

उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे । 

Avatar

‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायाँै भन्ने होला । नेपालमा किन रेल कुदायाँै भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’

उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ । 

Avatar
उनले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गरे । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए ।

मधेशकालाई मन्त्री बनायो भने मधेशी नेताहरू भन्न आउँछन्– उनको क्यु बनाया ? : अध्यक्ष ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशका नेताहरूलाई मन्त्री बनायो भने मधेशी नेताहरूले नै किन बनाएको भनेर सोध्ने गरेको बताएका छन् ।

मुस्लिम ईत्तिहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले मधेशी नेताहरूबीचमा एकआपसमा सहमति हुन नसक्दा नेतृत्व अप्ठयारोमा पर्ने गरेको बताएका हुन् । 

‘मधेशी नेतालाई मन्त्री बनायो भने भन्न आउँछन्, उसका क्यु मन्त्री बनाया ?’ ओलीले भने । उनले एकअर्काबीच सहकार्य गर्ने संस्कार बसाउनु पर्ने बताए । 

‘निर्वाचन आएपछि हिन्दू–मुस्लिम दंगा चलाउन सक्छन्, झगडा सुरू हुन थाल्छन्, कपिलबस्तुमा भइसकेको छ,’ ओलीले भने, ‘राम्रो र मिलेर बसेको समाजलाई द्धन्दमा फसाउन सक्छन्, सबै सचेत हुनुपर्छ ।’ मुस्लिम समुदायले मानवीय भावना सिकाउन पछि पर्न नहुने भन्दै ओलीले धार्मिक स्राम्पदायिक जोगाउन जोड दिए ।

Avatar

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार