कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

शुक्रबार, चैत ११, २०७८

काठमाडौँ, ११ चैत   ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकमा पार्टीको समसामयिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आसन्न स्थानीय तहको निर्वाचनको तयारी, उम्मेदवार चयन मापदण्ड आदीबारे पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार