सोसल मिडिया
Contact Us
युनिकोड
सोल, १० चैत । उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले भने बताएका छन् । प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ । यो “अध्यक्ष किम जोङ अनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो,” मुनले एक विज्ञप्तिमा उल्लेख गरेमन छन् ।
’अज्ञात क्षेप्यास्त्र’ प्रहार
उत्तर कोरियाले बिहीबार एक “अज्ञात क्षेप्यास्त्र” प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । आणविक हतियार सम्पन्न राष्ट्र उत्तरकोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो । “उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ”, संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।– रासस/एएफपी