सोसल मिडिया
Contact Us
युनिकोड
लखनऊ, १० चैत । भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले भोलीदेखि दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्दै छन् । भारतीय जनता पार्टी (भाजपा) को प्रदेश संसदीय दलको नेतामा बिहीबार उनी निर्वाचित भएपछि उनी दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो । लखनऊमा भाजपाका विधायन सदस्यहरूलाई सम्वोधन गर्दै उनले उत्तर प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गरेको चर्चा गर्दै त्यस्तो ऐतिहासिक पात्र आफू हुन पाएकोमा गौरव व्यक्त गरे । उनले पाँच बर्षे कार्यकाल सम्पन्न गरेर दोस्रो कार्यकालको जिम्मेवारी समेत पाउन लागेकाले थप खुशी बनाएको प्रतिक्रिया दिए । “मैले र पार्टीले उत्तर प्रदेशमा पाँच बर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी दोस्रो कार्यकालको पनि जिम्मेवारी पाउनुको मुख्य श्रेय हाम्रो नेतृत्व प्रधानमन्त्री मोदीलाई जान्छ,” उनले भने । हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ सिट मध्ये २५५ सिटमा जित हासिल गरेको छ ।