माधव नेपालसहित चार सांसद पक्ष रहेको मुद्दामा सुनुवाइ हुँदै

बिहीबार, चैत १०, २०७८

काठमाडौं, १० चैत । नेकपा एमालेबाट अगल भएर छुट्टै दल नेकपा एकीकृत समाजवादी स्थापना गरेको लामो समयपछि एमाले वरिष्ठ नेताको हैसियतबाट माधवकुमार नेपालले दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदै छ । रिट निवेदक नेपालसँगै एमाले उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे हुन् । उनीहरू पक्ष रहेको रिटको न्यायाधीशद्वय टंकबहादर मोक्तान र नहकुल सुवेदीको इजलासमा हुँदै छ ।  तत्कालीन एमालेमा असन्तुष्ट रहँदा उनीहरूले पार्टीले स्पष्टीकरण सोधेर सांसद पदबाट हटाउने गरिएको कारबाही प्रक्रिया सुरु गरेपछि रोक्न माग गर्दै ९ वैशाख २०७८ रिट दायर गरेका थिए ।  रिटमा प्रारम्भिक सुनुवाइ गर्दै १३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सांसद पदबाट नहटाउनु भन्ने निवेदकहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार