चियाङ स्वीजन : अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पु¥याए

चीनको चन्द्रमा यात्रा
बुधबार, मंसिर ३, २०७७

बेइजिङ । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पु¥याउन सहयोग गरे । तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ । सांघाईमा ७० हजार कलाकृति राखिएको एउटा सङ्ग्राहलय छ । ती सबै कलाकृति एउटै व्यक्तिलाई समर्पित छन्, ‘जनताका वैज्ञानिक अर्थात् चियाङ स्वीजनलाई ।’ चियाङ चीनको क्षेप्यास्त्र र अन्तरिक्ष कार्यक्रमका पिता हुन् । उनको अनुसन्धानले चीनको पहिलो भू–उपग्रह अन्तरिक्षमा पठाउने रकेट विकास गर्न र आणविक हतियारको रूपमा क्षेप्यास्त्र बनाउन सहयोग ग¥यो । अनि उनी राष्ट्रिय नायकका रूपमा स्थापित भए । तर अर्काे महाशक्ति, जहाँ उनले अध्ययन र एक दशकभन्दा बढी काम गरे, त्यहाँ उनको महत्वपूर्ण योगदानलाई बिरलै याद गरिन्छ ।

जन्म र अध्ययन
चियाङ सन् १९११ मा जन्मिएका हुन् । त्यसबेला चीनमा अन्तिम राजवंशलाई समाप्त पार्दै गणतन्त्र स्थापना हुन लागेको थियो । उनका बाबुआमा नै शिक्षित थिए र उनका पिताले जापानमा काम गरेर फर्किएपछि चीनको राष्ट्रिय शिक्षा प्रणालीको स्थापना गरेका थिए । बाल्यकालमै उनी तीक्ष्ण थिए भन्ने प्रमाणहरू देखिएका थिए र अन्ततः उनी सांघाईको जिआओ टोङ विश्वविद्यालयमा स्नातक तहमा प्रथम भए । उनले अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटीको एउटा दुर्लभ छात्रवृत्ति पाए । सन् १९३५ मा उनी बोस्टन पुगे । युनिभर्सिटी अफ नर्थ जोर्जियाको इतिहासका प्राध्यापक क्रिस जेस्पर्सन उनले विदेशीप्रतिको घृणा र रंगभेदको सामना गरे भन्ने ठान्छन् । तर त्यसबेला त्यहाँ आशा र विश्वास पनि थियो र चाँडै मानिसहरूले उनको ज्ञानको सम्मान गर्न थाले ।

आविष्कारमा प्रवेश
हङ्गेरीका आप्रवासी थियोडर भोन कार्मन त्यसबेलाका एकदमै प्रभावशाली एरोनटिकल इन्जिनियर थिए । उनले क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यालटेकमा अध्यापन गर्थे । उनीसँगै पढ्नका लागि चियाङ क्यालटेकमा गए । उनी र अर्का उल्लेखनीय वैज्ञानिक फ्रान्क मलिनाले एउटै कार्यालयमा बसेर काम गरे । फ्रान्क ‘सुसाइड स्वाड’ भनेर चिनिने आविष्कारकहरूको एउटा सानो समूहको मुख्य सदस्य थिए ।
आफ्नो ज्ञानका कारण चियाङ पनि उक्त समूहमा प्रवेश गरे । ‘इस्केप फ्रम अर्थः अ सेक्रेट हिस्ट्री अफ द स्पेस रकेट’ नामक पुस्तकका लेखक फेजर म्याकडोनल्डका अनुसार त्यसबेला रकेट निर्माणको कुरा गर्दा धेरैले त्यसलाई काल्पनिक भन्थे । तर दोस्रो विश्वयुद्ध सुरु भएसँगै त्यसमा परिवर्तन आयो । सुसाइड स्वाडप्रति अमेरिकी सेनाले चासो दियो । सैन्य बजेटमै सन् १९४३ मा त्यहाँ जेट प्रोपल्सन ल्याब जेपीएल स्थापना भयो । त्यसको निर्देशकमा कार्मन नियुक्त भए भने चियाङ र मलिना त्यो कार्यक्रमको मुटुजस्तै बने । त्यसबेला चीन र अमेरिका साझेदार राष्ट्र थिए । त्यसैले चियाङमाथि कुनै शङ्का नगरिएको म्याकडोनल्ड बताउँछन् । चियाङलाई गोप्य हतियार अनुसन्धानका लागि पनि अनुमति दिइएको थियो । विश्वयुद्धको अन्त्यसम्म उनी विश्वका जेट प्रोपल्सन प्रविधिका एक अग्रणी विज्ञ बनिसकेका थिए । उनलाई अस्थायी लेफ्टिनेन्टको पद दिइएको थियो र कर्मानसँगै युद्धपछि जर्मनी पठाइएको थियो । उक्त टोलीको काम जर्मन नाजी इन्जिनियरले जानेको प्रविधिबारे थाहा पाउनु थियो । तर चियाङको चमकदार अमेरिकी करिअर अचानक रोकियो ।

आरोप
सन् १९४९ मा चीनमा माओको नेतृत्वमा कम्युनिस्ट जनवादी गणतन्त्र स्थापना भएपछि अमेरिकामा चिनियाँहरूलाई शङ्काको नजरले हेर्न थालियो । त्यसैबेला जेपीएलका नयाँ निर्देशकले आफ्नो प्रयोगशालामा जासुसहरू रहेको विश्वास गरे र एफबीआईलाई आफ्ना केही कर्मचारीप्रति शङ्का रहेको बताए । ‘तीमध्ये सबै कि त चिनियाँ थिए कि यहुदी थिए’ म्याकडोनल्ड भन्छन्’ उनी भन्छन् ।
शीतयुद्ध सुरु हुँदै थियो र कम्युनिस्टहरूलाई खोजीखोजी कारबाही गरिन्थ्यो । एफबीआईले चियाङ र मनिलालाई कम्युनिस्ट भएको आरोप लगाउँदै राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बतायो ।
चियाङ विरुद्ध सन् १९३८ को अमेरिकी कम्युनिस्ट पार्टीको एउटा दस्तावेजलाई प्रमाणका रूपमा लिइयो । त्यसमा उनी एउटा सामाजिक भेटघाटमा सरिक भएको प्रमाण थियो । यद्यपि चियाङले पार्टीको सदस्य भएको अस्वीकार गरे ।
म्याकडोनल्डका अनुसार त्यसबेला कम्युनिस्ट हुनु भनेको रंगभेदविरुद्ध आवाज उठाउनु हुन्थ्यो । त्यसैले उनी माक्र्सवादी नै बनेका थिए भन्न नहुने उनको भनाइ छ ।

नजरबन्द
उनलाई पाँच वर्ष नजरबन्दमा राखियो । उनी निर्दाेष रहेको भनेर क्यालटेकका कैयौँ सहकर्मीले सरकारलाई पत्र लेखे तर उनलाई मुक्त गरिएन । सन् १९५५ मा उनलाई अमेरिकाबाट देशनिकाला गरेर चीन पठाउने निर्णय भयो । उनले श्रीमती र अमेरिकामा जन्मिएका दुई सन्तानसहित अमेरिकामा कहिल्यै पाइला नटेक्ने बताउँदै अमेरिका छाडे । उक्त वाचालाई पूरा गरेर उनी त्यसपछि कहिल्यै अमेरिका गएनन् ।

चीनमा नायक
उनी चीनमा एउटा नायक जसरी प्रवेश गरे तर लगत्तै चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गरेनन् । उनी सन् १९५८ मा पार्टी सदस्य बने । चियाङ चीन पुग्दा चीनमा रकेट विज्ञानबारे खासै ज्ञान थिएन । तर १५ वर्षपछि उनले अन्तरिक्षमा पहिलो चिनियाँ भू–उपग्रह प्रक्षेपणको नेतृत्व गरे । त्यो दशकभरि उनले नयाँ पुस्ताका वैज्ञानिकहरूलाई प्रशिक्षण दिए र उनैले सुरु गरेको आधार टेकेर चीन चन्द्रमामा अवतरण गर्न सफल भयो । चियाङले बनाएका र चीनले अन्य देशलाई बेचेका क्षेप्यास्त्रहरू विभिन्न युद्धमा अमेरिकासँग आमनेसामने भएका छन् । अहिले पनि चीन र अमेरिकाबीच सम्बन्ध बिग्रिएको छ । तर यो बेला सिद्धान्तभन्दा पनि व्यापार युद्ध चर्केको छ । अधिकांश अमेरिकीलाई अमेरिकी अन्तरिक्ष कार्यक्रममा चियाङको योगदानको जानकारी छैन । तर अमेरिकामै बसोबास गरिरहेका चिनियाँ र चिनियाँ विद्यार्थीहरूले उनलाई चिन्छन् र उनीहरूले उनले अमेरिका छाड्नुपर्ने अवस्थालाई अहिलेको समानार्थी महसुस गर्छन् । बीबीसी 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार