देउवाले नियुक्त गरे तरुण दल र नेविसंघको अध्यक्ष

तरुण दलमा विद्वान गुरुङ र नेविसंघमा दुजाङ शेर्पा
बुधबार, चैत ९, २०७८

 काठमाडौं, ९ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल तथा नेविसंघले बुधबारदेखि अध्यक्ष पाएका छन् ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार ती दुई भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका हुन् । तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त भएका छन् । 
सभापति देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा पर्वतका गुरुङलाई नियुक्त गरेका हुन् । 
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेवि संघ अध्यक्षमा शेर्पा 

नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा दुजाङ शेर्पा चयन भएका छन् । 
सभापति देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा शेर्पालाई नियुक्त गरेका हुन् । 
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार