निर्वाचन स्वच्छ र निष्पक्षरुपमा गराइनेछ  गृहमन्त्री खाँण

बुधबार, चैत ९, २०७८

कपिलवस्तु, ९ चैत  ।  गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका  छन्  । पार्टीको शिवराज नगरपालिका समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सिङ्गो देश अब निर्वाचनतर्फ केन्द्रित हुने र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रवन्ध तय गरिएको स्पष्ट पारे  । 

गृहमन्त्री खाँणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने व्यक्तिलाई टिकट दिनुपर्ने बाध्यता रहेको र त्यो गाह्रो काम भएको बताए  । उनले चैत ११ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन सरकारमा रहेका राजनीतिक दलबीच तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल हुने बताए  ।

नेपाली कांग्रेसका तर्फबाट आवधिक निर्वाचनमा विभिन्न पदमा टिकट पाउने सर्वोत्कृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई नभएको बताए  । पार्टीमा व्यक्ति धेरै हुने र निर्वाचनमा पद थोरै हुने भएकाले जसले टिकट पाउँछ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउनुपर्ने बताए  । उम्मेदवार हुने चाहाना राख्दै तयारी गर्नभन्दा उम्मेदवार छान्न काम जटिल भएको बताए  ।
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार