अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह

बुधबार, चैत ९, २०७८
Global Ime Bank

इस्लामावाद, ९ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् ।उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका बारेमा अध्ययन गर्न आग्रह गरेका हुन् । उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ आइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा राखे ।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ ।  त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्धन्द्धपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरुको कर्तव्य पनि भएको बताएका थिए ।

उनले अगानिस्तानमाथि लगाइएका विभिन्न खालका प्रतिबन्ध तथा नाकाबन्दीहरुलाई हटाउन र यहाँका नागरिकलाई परेको आवश्यकताको खाँचो पूरा गर्न सबै इस्लामिक देशहरु लाग्नका लागि पनि आग्रह गरेका थिए । 

रासस
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार