एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

बुधबार, चैत ९, २०७८

काठमाडौँ, ९ चैत । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ । बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी  दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत ७ गते सम्पन्न पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो । 

रासस

 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार