स्थानीय तहका लागि चुनावी रणनीति बनाउन गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा

मंगलबार, चैत ८, २०७८

काठमाडौं, ८ चैत । स्थानीय तहको निर्वाचन नजिकिए सँगै दलहरुले गाउँ केन्द्रित गरेका छन् । यसै मेसोमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा स्थानीय तहको चुनावी रणनीति तय गर्न छलफलमा जुटेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेतृत्वबीच स्थानीय तहका गठबन्धन दलको उपस्थितिबारेमा छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले नेताहरूबीच स्थानीय निर्वाचनका साथै समसामयिक विषयमा छलफल भएको जानकारी दिए । नेताहरूबीच करिब १ घण्टा छलफल भएको थियो । 
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूबीच छलफल भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफलमा प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपांग योद्धाहरूको विषयमा प्रधानमन्त्रीसमक्ष पाँच बुँदे ध्यानाकर्षण गराएको जानकारी दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार