तालिबानले अर्को हप्ता बालिकाका लागि विद्यालय खोल्ने

आइतबार, चैत ६, २०७८

काबुल (अफगानिस्तान) , ६ चैत ।  तालिबानले मार्च २२ देखि  छात्राहरूलाई  पनि विद्यालय जना अनुमति दिने भएको छ।   यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ।  ह्युमन राइट्स वाचका पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले उद्घाटन यो निर्णयसँगै बालिकाहरूले पढ्न पाउने अधिकारीको केही हदसम्म भए पनि सुनिश्चितता गर्नेछ।   सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो । अधिकांश कन्याहरुले पढ्ने माध्यमिक विद्यालय बन्द छन् । विश्वविद्यालयहरू भर्खरै नयाँ नियमहरूको साथ पुनः खोलिएका छन् ।–रासस/एएनआई

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार