कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत

आइतबार, चैत ६, २०७८

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन भएका हुन् । सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपालीलाई मनोनय गरिएको छ । 

    यसैगरी धादिङबाट तीलकप्रसाद रुवाली, काठमाडौँका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्कालाई सभापति बानियाँले कार्यसमितिमा मनोनयन गरेको पार्टी प्रदेश कार्यालयले जनाएको छ । सभापतिबाट मनोनय हुनेमा ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन तथा दोलखाका प्रभुराम श्रेष्ठ छन् ।

RSS
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार