माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ : अध्यक्ष दाहाल

आइतबार, चैत ६, २०७८

कास्की, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताए । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका  आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उनले उल्लेख गरे ।  अध्यक्ष दाहालले भने,“देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ  अरु पार्टीसँग जाने होइन । माओवादी पहिलो शक्ति बन्ने सम्भावना देखिएको छ ।”

उनले केही दिनअघि एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको उल्लेख गरे । अध्यक्ष दाहालले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बताए । उनले भने, “कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ तर निर्वाचन तोकिएको मितिमै हुन्छ, सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न सबैमा म अपिल गर्दछु ।”  स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर माओवादीले प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि बढाएको बताउँदै उहाँले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक विष्ट निलम्वित 

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका सचेतक ठम्मरबहादुर विष्ट निलम्वित भएका छन् । प्रदेश संसदीय दलका नेताले आइतबार प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । 
माओवादी केन्द्रले एमसिसी पास गर्न सहयोग गरेको भन्दै विष्टले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरिसकेका थिए । उनलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो । तर पार्टीको निर्देशन अवज्ञा गरेका कारण उनलाई आइतबार प्रदेश सभा सदस्य पदबाट निलम्वन गरिएको हो ।  विष्ट एमाले प्रवेशको तयारीमा छन् । 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार