आदिवासी जनजाति महासङ्घ सप्तरीमा प्रधान

आइतबार, चैत ६, २०७८

सप्तरी, ६ चैत, आदिवासी जनजाति महासङ्घ सप्तरीको जिल्ला अधिबेशनले अरुणकुमार प्रधानलाई अध्यक्षमा चयन गरेको छ । शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति भवन कठौनामा आयोजित चौथो जिल्ला अधिवेशनले प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको हो ।

नवनिर्वाचित समितिका उपाध्यक्षमा उपेशकुमार सिंह, इन्द्रनारायण मण्डल र शर्मिला चौधरी, सचिवमा अरबिन्दकुमार चौधरी, सहसचिवहरूमा रवीना तामाङ, उद्धवकुमार भुजेल र रञ्जना खपाङ्गी मगर तथा कोषाध्यक्षमा सूर्यमान तामाङ चयन भएका हुन् । यसैगरी सदस्यहरूमा उज्वल चौधरी, दीपेन्द्रकुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपालप्रसाद चौधरी र देवी जोशी  रहेका छन् । जिल्ला समितिमा बाँकी छ सदस्य मनोनित गरिने निर्णय भएको निर्वाचन समिति सदस्य एवं महासङ्घका पूर्वअध्यक्ष यमबहादुर खपाङ्गी मगरले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार