सोसल मिडिया
Contact Us
युनिकोड
सिन्धुली, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए । यदि आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जसरी पनि जित्नुपर्ने उनको तर्क छ । उनले भने, “खतरा अझै टरेको छैन, हामीले अझै जितेका छैनौँ, प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गर्दछु ।” जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर हामीलाई पाल्ने जनतामा जोड्ने गरी अभियान थाल्न निर्देशन दिए। उनले भने, “साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हा¥यौँ भने संविधन र गणतन्त्र नै हार्नेछ, जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ ।”, एमालेले सत्य तर्कबिना संसद् चल्न नदिएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले अझै पनि अध्यक्ष प्रचण्डले ‘रिल्याक्स’ गर्ने अवस्था नआएको बताए । “समाजवादको यात्रामा जान जसलाई नायक बनाउन लागियो उनी नै खलनायक भए”, उनले भने, “मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिया भएकाले सचेततापूर्वक अधि बढ्न आग्रह गर्नुभयो । सिंहदरबारलाई गाउँ–गाउँमा पु¥याउन हामीले संविधान बनायौँ ।” अध्यक्ष प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हजारौँ नेपाली जनताका छोराछोरीले रगत बगाएको स्मरण गराए । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतापछि मुलुकमा सङ्घीयताको ढोका खुलेको उनले बताए । “मुलक सङ्कटमा परे त्यो शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले देश र संविधानको रक्षा मैले गर्नुपर्छ”, उनले भने ।
अधिकतम सिट जित्ने गरी गठवन्धन हुनसक्छ : प्रवक्ता महत यता नेपालगञ्जमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताएका छन् । प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले गठबन्धनको सम्भावना नटरेको उल्लेख गरे । “पार्टीलाई बलियो पार्न लागौँ, के गर्दा धेरै सिट आउँछ त्यसै गर्ने हो”, प्रवक्ता महतले भने । नेता महतले बढी सिट जित्नका लागि निर्वाचनमा कुनै पनि सम्भावनालाई नकार्न नसकिने बताए । पार्टीमा लागेका भोट बढाउन सक्नेलाई उम्मेदवार बनाई निर्वाचन जित्ने लक्ष्यका साथ कार्यक्षेत्रमा खटिन कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै उनले गठबन्धन गर्ने दलहरूको प्रस्तावका आधारमा नेपाली कांग्रेसले निर्णय लिने उल्लेख गरे । प्रवक्ता महतले एमसिसी नेपालको आवश्यकता र विकासका लागि भएको भन्दै एमसिसी परियोजनाले नेपालको विद्युत् प्रसारण र सडक विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।