भियतनाममा कोरोनो संक्रमणको दर उच्च, दैनिक एक लाख ६३ हजार नयाँ सङ्क्रमित

शनिबार, चैत ५, २०७८
Global Ime Bank

हनोई, ५ चैत । भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको पाइएको छ ।  सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६३ हजार १७४ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 
तीमध्ये एक लाख ६३ हजार १६५ आन्तरिकरूपमै सरेर सङ्क्रमित भएका हुन भने नौ जना मात्रै देश बाहिरबाट सङ्क्रमित भएका हुन् ।
नयाँ सङ्क्रमितको देशभरका ६२ ठाउँका रहेका छन् । कोरोनाभाइरसको महामारीको मुख्य केन्द्र भने राजधानी हनोई नै भएको छ । नयाँ सङ्क्रमितमध्ये २३ हजार ५७८ जना त हनोईमा मात्रै भेटिएका हुन् । त्यसपछि दोस्रो धेरै सङ्क्रमित एनघे प्रान्तमा रहेका छन । जहाँ पछिल्लो एक दिनमा नौ हजार ९८६ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ७३ लाख ६७ हजार ११२ पुगेको छ । तीमध्ये ४१ हजार ७४० जनाको मृत्यु भएको छ । 
दक्षिणपूर्वी एसियाली यस मुलुकमा कुल सङ्क्रमितमध्ये ३८ लाख ६१ हजार ९५९ भने सङ्क्रमणमुक्त भइसकेका छन् ।  
देशभरी खोप अभियान तीव्ररुपमा चलाइएको र महामारी न्यूनिकरणका अन्य उपायसमेत अपनाइएको भएपनि सङ्क्रमितको सङ्ख्या भने तीव्ररुपमा बढिरहेको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार