कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते

शुक्रबार, चैत ४, २०७८

काठमाडौँ, ४ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार