वामदेवलाई भेट्न गए ओली

शनिबार, फागुन २२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझेका छन् । 
ओलीले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । 
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत गौतम निवास पुगेका थिए । गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र लडेर उनलाई सामान्य चोटपटक लागेको छ ।  
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार