सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ४ चैत । स्थानीय तहको निर्वाचन आचार संहिता सार्वजनिक गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचिन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । आयोगले उम्मेदवारको मनोनयन दर्ताका लागि वैशाख ११ र १२ दुई दिनको समय निर्धारण गरेको छ । मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा उजुरी दिन भोलिपल्ट (वैशाख १३) बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याइएको छ । वैशाख १४ गते आयोगले मनोनयन पत्र र उम्मेदवारविरुद्ध परेको उजुरी जाँचबुझ गरी निर्णय गर्नेछ भने १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारहरुलाई नाम फिर्ताका लागि वैशाख १६ गते बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। आयोगले वैशाख १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।