श्रीलंकामा बस दुर्घटना ३२ घाइते 

शुक्रबार, चैत ४, २०७८
Global Ime Bank

कोलम्बो ४ चैत  रासस÷सिन्ह्वा – श्रीलंकाको दक्षिणी भागमा पर्ने वालस्मुल्लामा शुक्रबार एक बस रुखमा ठोक्किदाँ यसमा सवार विद्यालयका ३२ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । विद्यार्थीहरु शैक्षिक यात्राबाट फर्कदै गर्दा ‘ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीलाई स्थानीयवासीले वालस्मुल्ला अस्पतालमा पुर्याएका छन् ।    

 श्रीलंकाले सन् २०२१ डिसेम्बर २५ देखि ३१ सम्म मात्र ५२ वटा घातक मोटर दुर्घटनाहरू भएको जनाएको छ ।  यस दुर्घटनामा परी ५३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२१ मा कुल २ हजार ३६५ घातक मोटर दुर्घटनाहरू भएका र  यसमा परी २ हजार ४६१ जनाको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार