५ हजार घुस माग्ने प्राधिकरणका सुपरभाइजरविरुद्ध भ्रष्टाचार मुद्दा 

शनिबार, फागुन २२, २०७७

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सुखवा वितरण केन्द्रअन्तर्गत ढल्केबर नोलाइट धनुषामा कार्यरत सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको छ । सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिएको अभियोगमा प्राधिकरणका सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रूपमा कार्यरत  नवलकिशोर राउत र मनोहर महतोले घुस मागेको अभियोग लागेको छ । आयोगले उनीहरूविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

घुस लिएको आरोपमा पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने छन् ।  टोलीले हेटौँडा–स्थित पर्यटन विकास आयोजनामा परिसरबाटै रु ५० हजारसहित लामिछानेलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 
लामिछानेले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५÷०७६मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राहीसँग रकम लिएको आरोप छ । धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको सूचनाको आधारमा पुगेको अख्तियार टोलीले हेटौंडा–४ स्थित कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।
चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षीय लामिछाने एक वर्षदेखि पर्यटन विकास आयोजनाका कार्यरत कर्मचारी हुन् । लामिछानेको धादिङ, चितवन, रसुवा र नुवाकोट कार्यक्षेत्र रहेको पर्यटन विकास आयोजनाले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार